४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

१९ चैत, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुकक्लोज गर्ने भएको छ। यसका अर्थ चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : April 1, 2025 at 10:51 am