१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

नुवाकोटको छुट अस्थायी करार शिक्षक संघर्ष समितिको संयोजकमा भरतसन्तोषी लामा

२१ पुस, नुवाकोट । नुवाकोटको छुट अस्थायी करार शिक्षकको भेला सम्पन्न भएको छ।नुवाकोट छुट अस्थायी करार शिक्षक केन्द्रिय संघर्ष समितिको आव्हानमा आज सम्पन्न नुवाकोट भेलाले नौ सदस्यीय छुट अस्थायी संघर्ष तदर्थ समिति गठन गरेको छ। भेलाले भरतसन्तोषी लामालाई नुवाकोट छुट अस्थायी करार शिक्षक संघर्ष समिति नुवाकोटको अध्यक्षमा चयन गरेकोछ ।

त्यस्तै छुट अस्थायी करार संघर्ष समिति नुवाकोटको बरिष्ठ उपाध्यक्षमा रामशरण रिमाल,उपाध्यक्षमा ज्ञानेन्द्र तिवारी,सदस्यहरुमा मनोज कार्की,समीर तामाङ,बिमला थापा,अनिता लामिछाने लगायत रहनुभएको केन्द्रिय समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार पौडेलले जानकारी दिनुभयो।

विदुर नगरपालिकाको संचारचोक स्थित पृथ्वी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भेलाले स्थानीय तहगत छुट करार शिक्षक संयोजक पनि चयन गरेको छ। भेलामा बोल्दै केन्द्रिय छुट करार संघर्ष समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार पौडेलले अब सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षा बाट बिमुख गराएर सौतेनी ब्यवहार गरेकोले आम शिक्षकहरु एक जुट हुनुपर्ने बताउनुभयो।कार्यक्रममा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षा बाट बिमुख एक सय पचास करार शिक्षकलाई उपस्थिती रहेको थियो।

प्रकाशित मिति : January 5, 2019 at 8:49 pm