१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

५ सयको २३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

१७ चैत, काठमाडाैं। नेपाल राष्ट्र बैंकले ५०० दरका २३ करोड थान नयाँ नोट छाप्ने तयारी गरेको छ। राष्ट्र बैंकले आइतबार सूचना प्रकाशित गर्दै १ खर्ब १५ अर्ब रुपैयाँबराबरको ५०० रुपैयाँ दरका नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि बोलकबोल आह्वान गरेको हो ।

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ। इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म राष्ट्र बैंकमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

प्रकाशित मिति : March 30, 2025 at 4:33 pm