१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

वाइड बडी प्रकरण नेपालको इतिहासमा कलंक, संलग्नलाई जेल हाल्नुपर्छः सांसद भट्टराई

२१ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं संसदको सार्वजनिक लेखा समितिका सदस्य विशाल भट्टराईले वाइड बडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरेर जेल हाल्नुपर्ने बताएका छन ।

सांसद भट्टराईले दोषी देखिनेलाई जेलमै राख्नुपर्ने बताए । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सांसद भट्टराईले वाइड बडी प्रकरणमा दोषी देखिने कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे ।

उनले वाइड बडी खरिद प्रकरण नेपालको इतिहासमा कलंक भएको टिप्पणी गरे। उनले भने,‘यो नेपालको इतिहासमा सबभन्दा ठूलो भ्रष्टाचारको नमूना घटना हो। नेपाल एयरलायन्सको इतिहासमा अरु थुप्रै काण्डहरू छन्।

वाइड बडी खरिद प्रक्रियामा ठूलो घोटाला भएको छ। ठूलो अनियमितता भएको छ। यसमा कुनै द्विविधा छैन। दोषीहरूलाई कारबाही गर्नुपर्छ।’ सांसद भट्टराईले आफ्नो पार्टीले कसैलाई पनि जोगाउने वा बचाउने काम नगर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : January 5, 2019 at 7:11 pm