४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सानिमा रिलायन्स लाइफको साधारणसभा भोलि, लाभांश प्रस्ताव पारित हुने

७ चैत, काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकाे वार्षिक साधारणसभा भोलि चैत ८ गते बस्दै छ । कम्पनीकाे ८ औं वार्षिक साधारणसभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ । बोनस सेयरको लागि कर भने आफै तिर्न पर्ने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सभा बोलाएको हाे ।

यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु सभामा पेश हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २६ गते एक दिनका लागि बुकक्लोज गरेकाे थियाे । यसकाे अर्थ फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : March 20, 2025 at 5:41 pm