डेभलपमन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित
७ चैत, काठमाडाैं । विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा साङग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः निर्वाचित हुनुभएकाे छ ।
बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । एसोसियसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली,सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन हुनुभएकाे छ ।
त्यस्तै सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन हुनुभएकाे ।
प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १७:१६