अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता
७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार सेयर बजार १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको हो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड २१ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सिन्धु विकास बैंकको १६ करोड ६४ लाख ७१ हजार रुपैंया, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २३ लाख ३५ हजार रुपैयाँ, घलेम्दी हाइड्रोको १३ करोड ६ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १५:४४