आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
६ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा बन्द भएको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २९ करोड ६७ लाख ३२ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ४६ लाख १९ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको १७ करोड १८ लाख ११ हजार रुपैंया, ग्रिन डेभलपमेन्ट बैंकको १५ करोड २० लाख ४६ हजार रुपैयाँ र हिमालयन पावर पार्टनरको १३ करोड ८३ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १५:३५