प्रि ओपन सेसनमा २.२२ अंकले बढ्यो नेप्से
६ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ। अघिल्लो कारोबारको दिन अर्थात मंगलबार ७.६६ अंकले घटेर २६९७.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२२ अंकले बढेर २६९९.२६ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा २ करोड ६० लाख ४६ हजार ३८४ रुपैयाँ २० पैसाबराबरको ३० हजार ३८० कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : March 19, 2025 at 11:03 am





