८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्याे ताेलाकाे ?

५ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि गत फागुन ३० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । सो दिन सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १०:४६