१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने महिला पक्राउ

१९ पुस,इनरुवा । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले बुधबार जानकारी दिनुभयो ।

दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ साल जेठ १६ गते अर्को नागरिकता लिएको भेटिएकाले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : January 3, 2019 at 9:43 am