७ असार २०८३, आइतबार | Mon Jun 22 2026

बालेन साहको घरबाट अध्यक्ष प्रचण्डको सन्देशः सबै मिलेर अधिकार जोगाऔं

२२ फागुन, महाेत्तरी। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०को पुख्र्यौली घरमा पुग्नुभएको छ ।

बिहीबार बिहान प्रचण्डसहित माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुग्नुभएको हो ।मेयर शाहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ।

मेयर शाहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। जुन घर पालिकाले भाडामा लिएर कार्यालय संचालन गरेको हो।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गर्नुभयो। त्यसक्रममा उहाँले स्थानीयसँग अन्तक्रियासमेत गर्नुभएको छ ।

माओवादी केन्द्रले सञ्चालन गरेको मेची महाकाली तराई(मधेस जागरण अभियान अन्तर्गत आज माओवादीले महोत्तरीमा कार्यक्रम गरिरहेको छ।

प्रकाशित मिति : March 6, 2025 at 1:52 pm