२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक

१५ फागुन, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा फागुन १५ देखि २०८२ जेठ १३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए ।

उनले बीमितहरूको हितलाई मध्यनजर यो विशेष योजना एकपटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमानै नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् । साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार १४:४०