२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सुत्केरीलाई रगत दिएर ज्यान बचाए नुवाकाेट देवीघाटका सेनाका सिपाहीले

१८ पुस, नुवाकाेट । नुवाकाेट जिल्ला अस्पताल त्रिसूलीमा सुत्केरी भएकी एक महिलालार्इ एक सेना र एक सिपाहीले रगत दिएर बचाएका छन् । सुत्केरी बचाउन आवश्यक चार प्रिन्ट मध्ये दुई प्रिन्ट रगत नेपाली सेनाबाट उपलब्ध भएको हो ।

रसुवाको नौकुण्ड गाँउपालिका–४ सरमथलीका २३ वर्षीया सीताकुमारी मोक्तानकाे बुधबार जिल्ला अस्पताल त्रिशूलीमा  सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएकाे थियाे । मोक्तानलार्इ बचाउन आवश्यक रगत श्रीनाथ गण देवीघाटमा कार्यरत सहसेनानी विद्युतकुमार बस्नेत र सिपाही अजय चौधरीले दिएका थिए ।

प्रकाशित मिति : 16:49