१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता सेयर बिक्रीमा

१२ फागुन, काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ४५ लाख ४६ हजार ३८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौँको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलमा दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट शेयर खरिदका निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : February 24, 2025 at 8:31 am