२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

एमसीसीको अनुदान पनि कोल्याप्स, अर्थ मन्त्रालयले गर्यो पुष्टि

६ फागुन, काठमाडौँ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान पनि कोल्याप्स भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रमले कार्यकारी आदेश जारी गरेर यस्ता अनुदानहरूमा रोक लगाउने निर्णय गर्नुभएको थियो ।

ट्रमको आदेश अनुसार नेपालले पाउने भनेको एमसीसीको अनुदान नपाउने भएको छ । एमसीसीले फागुन २ गते इमेल गरेर यसको जानकारी दिएको अर्थमन्त्रालयका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभएको छ ।

dainiki.com

इमेलबारे सञ्चार माध्यमलाई जानकारी दिँदै उहाँले भन्नुभएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी 20, 2025 मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार १९:३८