धादिङकाे जिप दुर्घटनामा गम्भीर घाइते भएका १२ जनालाई उपचारकालागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो
१८ पुस, धादिङ । धादिङमा बाेलेराे जिप दुर्घटना हुँदा एक बालकसहित १२ जना घाइते भएका छन् । घाइने भएका मध्य गम्भिरमध्य १२ जनालार्इ उपचारकालागि हेलिकप्टरबाट काठमाडौँ ल्यार्इयकाे छ । धादिङको नेत्रावती गाउँपालिका–५ जलजलेमा जिप दुर्घटना भएकाे हाे ।
जिल्लाको सदरमुकाम धादिङबेंसीबाट दार्खा जाँदै गरेको ना१ज ७३९० नम्बरको जिप अनियन्त्रित भई पल्टेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) डम्बरबहादुर विकले बताए ।


प्रकाशित मिति : 11:44









