न्यायाधीश दीपकराज जोशीको हरिविजोग, चोलेन्द्रको सपथ र स्वागतमा समेत प्रतिबन्ध
१८ पुस, काठमाडाैँ । प्रधानन्यायाधीशमा अस्वीकृत भएर पनि लाज पचाएर सर्वोच्च अदालतमा बसिरहेका न्यायाधीश दीपकराज जोशीको हरिबिजोग सुरू भएको छ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने स्पष्ट संकेत गर्दै अाफ्नो सपथ र स्वागतमा सहभागी नगराउन निर्देशन दिएका छन ।

राणाले अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने आफ्नो सपथग्रहण समारोहमा जोशीलाई सहभागी नगराउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको बताइएको छ । बिहान सवा १० बजे राष्ट्रपतिबाट प्रधान न्यायाधीश राणाले पद तथा गोपनियताको सपथ लिदैछन् । राणाले सर्वोच्च अदालतमा हुने प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत जोशीलाई सहभागी नगराउन मुख्य रजिष्ट्रार राजन भट्टराईलाई मौखिक आदेश दिएका छन ।
प्रकाशित मिति : 10:13









