२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोटकाे गेर्खुमा ७३ वर्षीया प्रेमकुमारी तामाङकाे ज्यानलिने सुख्खा पहिराे (फाेटाेफिचर)

१८ पुस, नुवाकाेट ।  नुवाकोट जिल्लामा सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मंगलबार सडकमा हिड्नेक्रममा पुरिएकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा पुरिएकी एक महिला गम्भीर घाइते अवस्थामा रहेकी छिन ।

जिल्ला प्रहरी कार्याल नुवाकोटका प्रहरी नायव उपरिक्षक (डिएसपी) भीमलाल भट्टरार्इका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा गेर्खुटारका ७३ बर्षिय प्रेमकुमारि तामाङ रहेकी छिन । भट्टराइको अनुसार सोही गाउँकी रामकुमारी तामाङ गम्भिर घाइते छिन । उनको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । यसअघि पहिरोमा तीन जना परेको भनिए पनि उद्धारका कर्ममा दुर्इ जना मात्र भेटिएको प्रहरीले जनाएको छ ।

जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुमा ढाडखोलामा निर्माणकार्य भइरहेकाे सडकमा साँझ अाएकाे पहिराेमा बाटाे हिड्ने दुई जना महिला पुरिएका थिए ।

प्रकाशित मिति : 10:16