२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

नेपाल समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि हुने

२६ माघ, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले  आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा  एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा यमी
काठमाडौँ, २६ माघः भोलिदेखि सुरु हुन लागेको नेपाल समाजवादी पार्टी नयाँ शक्तिको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार काठमाडौँ आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको विषयमा जानकारी दिनुहुँदै महाधिवेशन संयोजक हिसीला यामी । तस्बिरः प्रदीपराज वन्त÷रासस

उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : February 8, 2025 at 6:50 pm