२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

धादिङमा हुने स्काउटको बीटीसी र पीटीसी तालिमको तयारी पूरा

–रविना पौडेल
१७ पुस, धादिङ । नेपाल स्काउटको सहयोगमा धादिङ जिल्लाको थाक्रे गाउँपालिकाले आयोजना गरेको ४१० औँ बीटीसी र ३०६ औँ पीटीसी (स्काउट मास्टर) तालिमको तयारी पूरा भएको छ । यस तालिम थाक्रे गाउँपालिकामा रहेका १९ वटा विद्यालयका शिक्षकहरुका लागि निःशुल्क गराई स्काउट अभियानको सुरुवात गर्न लागेको हो ।

यो तालिम पौष १८ गते देखि २४ गते सम्म थाक्रे गाउँपालिका–९को ज्योति माध्यमिक विद्यालयमा सञ्चालन हुन लागेको छ । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अनुसार विद्यालयको पाठ्यक्रमा रहेको शिक्षाले मात्र विद्यार्थीहरुलाई हरेक किसिमले शिक्षित बनाउन सक्दैन । यसैले विद्यार्थीहरुलाई शरिरिक, मानसिक, सामाजिक, साँस्कृतिक रुपमा शिक्षित बनाउने, अनुशासित बनाउने, देश भक्तको भावनाको विकास गराउने उद्देश्येले प्रत्येक विद्यालयमा स्काउटको इकाइ सञ्चालन गर्न लागेको हो ।

विद्यालयमा स्काउटको इकाइ सञ्चालन गर्न स्काउट बिटिसि तालिम प्राप्त शिक्षक र स्काउट पिटिसि तालिम प्राप्त शिक्षिकाको अवश्यकता पर्छ । यसैले थाक्रे गाउँपालिकामा रहेको १९ वटा बिद्यालयबाट १९ शिक्षक र १९ शिक्षिकाहरु स्काउट बिटिसि/पिटिसि तालिममा सहभागि हुने थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका म्यानेजर केशव बहादुर बोहोराका अनुसार यस ४१० औँ बिटिसिका कोर्ष लिडरको रुपमा Asia pacific Region (APR) Adult support sub-committee member समेत रहेका विश्व श्रेष्ठ अाउँदैछन । सहायक कोर्ष लिडरको रुपमा युथ भिजन क्रियुका रोवर लिडर कृष्ण प्रजापति अाउँदैछन । यसैगरी ३०६ औँ पिटिसिको कोर्ष लिडरको रुपमा मौसमि गरुङ अाउँदै छिन । यस तालिममा धादिङ जिल्ला बाहिरबाट पनि २० जना रोवर र रेन्जर सहभागी हुनेछन ।

प्रकाशित मिति : 22:30