नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
२२ माघ, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले ३८ औं साधारण सभा बोलाएको हो ।
साधारण सभा आगामी फागुन १५ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले साधारण सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश नहुने भएको छ ।
यस्तै साधारणासभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०र८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने र
यस्तै, बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आर्थिक वर्ष २०८०र८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि माघ २९ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार १०:०१