नुवाकोटको गेर्खु ढाडखाेलामा सुख्खा पहिराे, तीन जना पुरिए, उद्धार कार्य जारी
१७ पुस, नुवाकोट । नुवाकोट जिल्लामा सुख्खा पहिरोमा तीन जना पुरिएका छन । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुमा पहिरोमा परि तीन जना पुरिएका हुन । प्रहरीका अनुसार ढाडखोलाको सुख्खा पहिरोमा पुरिएकाहरूको खोजीकार्य जारी रहेको छ ।

पुरिएका मध्ये २ जनाको जीवितै उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा लगिएको छ । एक जना भने अझै पहिरोमा हराइरहेका छन । जीवितै उद्धार गरिएकाहरूको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 19:34









