१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

कालीगण्डकी काेरिडाेरमा नेपाली सेनाले निर्माण गरेकाे पुल अज्ञात समूहले भत्कायाे

१७ पुस, बाग्लुङ । नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौंवा खोलाको पुल तोडफोड भएको छ। जैमिनी नगरपालिका–७ जैदी स्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए ।

गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए । क्षेत्रीको नामसहितको विवरण राखिएको शीलालेख र केही संरचना फुटाएकाे भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए ।

तोडफोड गर्ने समूहको खोजी भैरहेको प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए। कोरिडोर सेनाले निर्माण गरिरहेको छ। बिना कारण भौतिक संरचनामा तोड फोड भएको भन्दै उप प्रमुख लिला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताए ।

‘हामीले प्रहरीलाई खवर गरेका छौं’ रानाले भने ‘तत्काल दोसि पत्ता लगाएर कारवाही गरीनु पर्छ’ शिलालेख र त्यसको आसपारमा सिमेन्टले बनाइको पुलको केहिभाग फुटेको छ।

प्रकाशित मिति : January 1, 2019 at 12:29 pm