नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा काठमाडौँको प्रदर्शनी मार्गमा स्थानान्तरण
१३ माघ, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले घण्टाघर शाखा कार्यालय काठमाडौँको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा मिति २०८१ माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ । शाखा सञ्जाल बैंकको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।
प्रकाशित मिति : January 26, 2025 at 12:23 pm









