पोल्यान्डमा नेपाली व्यवसायी ईश्वर श्रेष्ठको रहस्यमयी मृत्यु
१७ पुस, काठमाडाैँ । पोल्यान्डमा नेपाली व्यवसायीकाे रहस्यमयी मृत्यु भएकाे छ। पोखरा लेकसाइड ठेगाना भई हाल पोल्यान्डमा व्यवसाय गरेर बस्ने ३७ वर्षीय ईश्वर श्रेष्ठको गत शनिवार (२९ डिसेम्बर २०१८ मा) रहस्यमयी मृत्यु भएको छ ।

गत २६ डिसेम्बरमा रेस्टुरेन्ट बन्द गरेपछि हराइरहेका श्रेष्ठ आफ्नै रेस्टुरेन्ट एभरेस्ट लन्च एन्ड बारको नजिकै आफ्नै कारभित्र मृत अवस्थामा फेला परेको प्रवासी नेपाली मञ्च पोल्यान्डका अध्यक्ष टनक कटुवालले वताए ।
श्रेष्ठ सोही दिन दिउँसो १ बजेदेखि मोबाइल बन्द रहेको थियो । श्रेष्ठ चार वर्षदेखि पोल्यान्डमा बसोबास गर्दै आएका थिए । स्थानीय प्रहरीले पोस्टमार्टम भएपश्चात् घटनाको बारेमा जानकारी दिने कटुवालले बताए ।
प्रकाशित मिति : 10:41







