कोशी प्रदेशसभा बैठक बस्दै
७ माघ, विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गर्नुभएको हो । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइसकिएको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ०९:०६