१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १६ लाख ३७ हजारको हात खाली

६ माघ, काठमाडाैँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। आईपीओ कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा  बाँडफाँड भएको हो।

इन्स्योरेन्सले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन तथा बिक्री गरेको थियो।

सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।

कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। यसरी बाँकी १६ लाख ३७ हजार ९०५ सदर आवेदकको हात भने खाली भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको सेयर बाँडफाँड गरिएको छ। जस अनुसार १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति : January 19, 2025 at 10:07 am