२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नगरपालिकामा ठेकेदारको दादागिरी, कार्यालय भित्रै कुटिए लेखापाल

१६ पुस, स्याङजा । स्याङजाकाे  वालिङ नगरपालिका ११ घर भई शुन्दरबजार नगरपालिकामा कार्यरत लेखापाल श्याम बहादुर पराजुलीमाथि कुटपिट भएकाे छ । कुटपिटबाट लेखापाल पराजुलीको मुखमा गहिरो चोट लागेको छ ।नगरपालिकामा औषधी खरिद सम्बन्धी टेण्डर बिक्री गर्ने दिन तोकिएकोमा टेण्डर बिक्री गर्न आएका शुन्दरबजार मिलनचोकका रेष्टुरेण्ट सञ्चालक नबिन कुमार श्रेष्ठ लगायत दुई जनाले लेखाशाखा भित्रै गएर लेखापाललार्इ कुटपिट गरेका हुन् ।

 

छुटाउन गएका नायब सुब्बा होमनाथ पौडेलमाथि पनि हातपात गरेको लेखापाल पराजुलीले बताए ।  पराजुलीकाे सामुदायिक अस्पताल लमजुङमा उपचार भईरहेको छ ।

कुटपिट गरेर फरार भएका उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटनास्लथमै रहेका इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक रमेश श्रेष्ठले घटनास्थलको मुजुल्का उठाउने काम भईरहेको बताए ।

के कति कारणले कुटपिट गरिएको भन्ने बारे अनुसन्धान भईरहेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘उनीहरुबीच पहिलाको रिसिईबी थियो कि ? के हो बुझ्ने काम भईरहेको छ । अहिले अभियुक्तहरु फरार छन् ।’ कुटपिटपछि नगरपालिकाका कर्मचारीहरुको सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति : 20:03