२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अखिल क्रान्तिकारीका नेताको काेठाबाट कालिकोटका भोजराज खड्का पेस्तोलसहित पक्राउ

१६ पुस, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लैनचौरबाट पेस्तोल र २ राउन्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। आइतबार राति ८ बजे महाशाखाबाट खटिएको टोलीले पेस्तोलसहित कालीकोटको रासकोट गाउँपालिका–२ घर भई काठमाडौं कपुरधारा बस्ने २० वर्षीय भोजराज खड्कालाई पक्राउ गरेको हो ।

कपुरधारामा पक्राउ परेका खड्कासँग सोधपुछ गर्दा प्रहरीले लैनचौरस्थित अखिल क्रान्तिकारी अस्कलका अध्यक्ष सिंहको कोठाको लो बेडमुनी लुकाएर राखेको अवस्थामा एक कटुवा पेस्तोल र २ राउन्ड गोली पनि बरामद गरेको हाे ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले खेमबहादुर सिंहको कोठामा पेस्तोल फेला परे पनि उनलार्इ पोस्तोल राखेको विषयमा थाहा नभएको अनुन्सन्धानबाट खुलेको जानकारी दिए । खड्कालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको सिंहले बताए ।

प्रकाशित मिति : 15:33