२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

काठमाडौं जिल्ला अदालतका डिठ्ठा बिदुर पोख्रेल १० हजार घुससहित पक्राउ

१६ पुस, काठमाडाैं । काठमाडौं जिल्ला अदालतका डिठ्ठा बिदुर पोख्रेल १० हजार घुससहित पक्राउ परेका छन् । डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस रकम माग्ने खरिदार पोख्रेल घुससहित पक्राउ परेका हुन् ।

सेवाग्राहीबाट घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पोख्रेललाई पक्राउ गरेको हो ।

पोख्रेललाई घुस लिइसकेको अवस्थामा काठमाडौंको सोह्रखुट्टेस्थित एसबी फास्टफूडबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : 12:23