१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

महुली लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता सेयर

१९ पुस, काठमाडाैँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड को एफपीओ बाँडफाँट भएको छ। एफपीओ अाज विहान लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

लघुवित्तकाे एफपीओ गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता निष्काशन गरेको थियो।

एफपीओ खरिदका लागि १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्। त्यस्तै, ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।

प्रकाशित मिति : January 3, 2025 at 11:15 am