मलेसियामा ट्याङकिमा फसेका दुई नेपालीको मृत्यु
१६ पुस, मलेसिया । केही दिनअघि मात्र वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रौतहटका सन्तोष यादव र पाल्पाका चुरा दर्लामी मगरको मलेसियामा मृत्यू भएकाे छ ।
गत बिहीबार बिहान रसायनिक (केमिकल) को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए । उनलाई निकाल्न सहयोग गर्ने क्रममा चुरा पनि बेहोस भएका थिए।
केमिकलको अत्याधिक असरका कारण श्वासप्रश्वासमा असर भएर उनीहरुको मृत्यु भएको सोही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिए। मृतकको शव पोस्टमार्टमपछि नेपाल पठाउने तयारी भइरहेकाे अर्पणले जानकारी दिए ।
प्रकाशित मिति : December 31, 2018 at 11:22 am









