रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा १३ वर्षीया बालिका बलात्कृत
१६ पुस, काठमाडाैँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ मा १३ वर्षीया बालिकालाई स्थानीय एक युवकले बलात्कार गरेका छन ।पुथा उत्तरगंगा–६ छिप्रीदहका २२ वर्षीय लक्ष्मण विकले बालिकालाई करणी गरेका प्रहरीले जनाएको छ । विकलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाका बुवाले दिएको किटानी जोहरीका आधारमा लक्ष्मणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल पठाईएको छ। घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
प्रकाशित मिति : December 31, 2018 at 9:55 am









