२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अस्थायी र करार शिक्षक भन्छन माग पूरा नभए रगत बगाउन तयार छाैँ (भिडियोसहित)

–भरतसन्तोषी
१५ पुस, काठमाडाैँ । छुट अस्थायी करार शिक्षक केन्द्रीय समितिले आज १५ गतेदेखि आन्दोलन सुरु गरेको छ । शिक्षा ऐन २०२८ खारिज भई संघिय शिक्षा ऐन आउने र संघिय शिक्षा ऐनमा करार शिक्षकको कुनै कुरा नलेखिने भएकाले करिब १२ हजार करार शिक्षकको पेसा धरापमा पर्ने भएसँगै उनीहरुले आन्दोलन गर्ने तयारी गरेका थिए ।

छुट करार अस्थायी शिक्षक केन्द्रीय समितिका अध्यक्ष हरिवंश पराजुलीले सरकारले अस्थायी र करार शिक्षकको रोजीरोटी खासेको र सरकारले विभेदपुर्ण निति ल्याउदै सौतेनी ब्यवहार गर्ने तयारी गरेको बताए । उनले भने, “करार शिक्षकलाई विस्थापित गरिन्छ भने हामी आफ्नो रगतको खोला बगाउन तयार छौ।अस्थायी करार शिक्षकलाई विस्थापित नगर्न र अन्तरिक परीक्षामा सहभागी गराउन छुट अस्थायी करार शिक्षक केन्द्रीय समितिले भोलि शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत तय गरिएको छ।

२०७२ असोज २ गते नियुक्ती करार अस्थायी शिक्षकलाई सेवाबाट विस्थापित नगरी रोजगारीको हक सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु राखी समितिले ज्ञापन पत्र बुझाउन लागेको हो । खुल्ला शिक्षकको नतिजा प्रकाशन भएपछि आफूहरु अयोग्य हुने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेको छ ।

शिक्षा ऐनको नवौं संसोधनले २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक परीक्षाबाट छुटाएर राज्यले ठूलो भूल गरेको संघर्ष समितिका महासचिव बिश्वास अधिकारले बताए । उनले अब बन्ने संघिय शिक्षा ऐनमा ०७२ असोज २ पछि नियुक्ति लिएका शिक्षकको हक र अधिकारलाई समेट्नु पर्ने बताउँदै नसमेटिए आन्दोलनबाट आफुहरु पछि नहट्ने चेतावनी दिएका छन् । माईतीघर मण्डला बाट सुरु भइ बानेश्वरमा कोण सभामा रूपान्तरित आजको आन्दोलनमा ७७ वटै जिल्लाबाट ०७२ असोज २ पछि नियुक्ती भएका करार शिक्षक प्रतिनिधि पाच सय करार शिक्षकको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : 20:48