नक्सा पास गर्न ८० हजार घुस माग्ने इन्जिनियर र सव–ईन्जिनीयर पक्राउ
१५ पुस, काठमाडौं । सेवाग्राहीसँग नक्सा पास तथा अभिलेखिकरण गर्न ८० हजार घुस माग्ने इन्जिनियर र सव–ईन्जिनीयर पक्रउ परेका छन् ।सुद्धोधन गाउँपालिका रुपन्देहीका ईन्जिनियर कपिल अर्याल र सव–ईन्जिनीयर लक्ष्मण ढुंगानालाई अख्तियारले पक्राउ गरेको हाे ।
रुपन्देहीको साविक सौ–फर्साटिकर गा.वि.स हाल शुद्धोधन गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर अर्याल र सव–इन्जिनियर ढुंगानाले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।
पुरानो भवनको नक्सा पास तथा अभियलेखीकरण गर्ने कार्यको लागि उनीहरुले सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
प्रकाशित मिति : 14:39









