जनकपुरमा एमडी जिलानी र बुटवलमा वीरबहादुर माझीले पाए पहिलो श्रम स्वीकृति
१५ पुस, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको घोषणा अनुसार आजदेखि वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरु विकेन्द्रित भएको छ । पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर प्रदेश नम्बर ५ को वुटवलमा वैदेशिक रोजगारसँग सम्बन्धित सेवाहरु उपलब्ध गराउने कार्य सुरू भएको छ । जनकपुरमा पहिलो पटक श्रम स्वीकृति पाउने भाग्यमानी जनकपुरकै एमडी जिलानी मोमिन बनेका छन । श्रम कार्यालय जनकपुरका कर्मचारीले मिलानीको पासपोर्टमा श्रम स्वीकृतिको स्टिकर लगाएर सेवाको शुभारम्भ गरे ।
यस्तै वुटवलमा वीरबहादुर माझीले पहिलो श्रम स्वीकृति पाएका छन । उनी पनि प्रदेश ५ काे भाग्मानी बनेका छन । उपत्यकाबाहिर पहिलो पटक श्रम स्कृति सेवा सुरू भएको र त्यसमा पनि पहिलो पटक अाफूले पाउँदा ज्यादै खुशी लागेको वुटवलका माझीले बताएका छन ।

जनकपुर र वुटवल कार्यालयहरुबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएकाक संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन र नियमन गर्ने, सरोकारवालाहरुबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासोहरु सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता कार्यहरु सुरू भएको र सेवाग्राहीले सहजता पाउने श्रम मन्त्रालय प्रवक्ता नारायण रेग्मीले बताए ।
अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु¥याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए । प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्नेछैन ।
प्रकाशित मिति : 14:42









