नागरिक लगानी कोषद्धारा लाभांश घोषणा
७ पुस, काठमाडाैँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको कोषको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश प्रदान गर्न अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि कोषको आगामी साधारण सभाबाट अनुमोदन गराई वितरण गरिनेछ ।
प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १४:४४