३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई बुधबार काठमाडौँ बोलाए

६ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई बुधबार काठमाडौं बोलाएका छन । प्रधानमन्त्रीले बुधबार उनीहरुसँग सामूहिक छलफल गर्ने तयारी गरेका छन ।

सञ्चालनका लागि आवश्यक सहजीकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशमा मुख्यमन्त्री र प्रमुख सचिवलाई खबर पठाएको छ । केही दिनअघि केन्द्रका मन्त्री र मन्त्रालयका सचिवहरुसँग सामुहिक छलफल गरेका प्रधानमन्त्री ओलीले प्रदेशका प्रमुख व्यक्तिसँग पनि छलफल गर्न लागेका हुन् ।

प्रदेश संरचनामा मुख्यमन्त्री लगायत अन्य मन्त्री र सांसदहरु अलमलमा परेको समयमा छलफल गर्न प्रधानमन्त्री ओलीले उनीहरुलाई काठमाडौँ बोलाएका छन । प्रदेश सरकारहरु बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएको बुझिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार २०:२४