६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कोल्सावाला र बोसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

३ पुस, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।

टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो ।

जारी एनपिएलमा कर्णालीको यो उच्च योगफल हो। यसअघि कर्णालीले काठमाडौं गुर्खाजविरूद्ध १४९ रन जोडेको थियो। तर यो स्कोर कर्णालीले डिफेन्ड गर्न सकेको थिएन।

एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए।  साथै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

चाडविक वाल्टनले अविजित ४६ रन जोडे । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जिसन मक्सुदले १४ रन योगदान गरे ।

यस खेलको विजेता क्वालिफायर टु मा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । लिग चरणमा भने कर्णालीले चितवनलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : December 18, 2024 at 11:05 am