नेकपाका नेता जेलबाट छुट्दा रौतहटमा सार्वजनिक विदा, विद्यालय पनि बन्द
१४ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका एक नेता जेलबाट छुड्दा राैतहटको एक नगरपालिकामा सार्वजनिक विदाको घोषणा गरिएको छ । विद्यासय समेत बन्द गरेर नेकपाका नेताले हत्याको अभियोगमा सफाइ पाएकोमा खुशीयाली मनाउन थालिएको हो ।
सर्वोच्चले काशी तिवारीको हत्यामा निर्दोष ठहर गरेपछि नेकपाका नेता समेत रहेका राैतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह शनिबार हेलिकप्टर चढेर गाउँ पुगे । त्यो पनि अाफ्ना नेता समेत रहेका सांसद प्रभु शाहलाइ सँगै लिएर । उनको शनिबार भव्य स्वागत भएको थियो ।

गत वैशाखदेखि हत्या अभियोगमा जेलमा रहेका कुशवाह छुटेपछि नगरपालिकाले उनको रहाइको खुशीयालीमा भोलि अाइतबार सार्वजनिक बिदा नै दिने निर्णय गरेको छ । कुश्वाहको स्वागत र सम्मानकै लागि भन्दै नगरपालिका भित्रका सामुदायिक स्कुलहरुमा आइतबार सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित मिति : 21:38







