एक थान पेस्तोलसहित मुगु र कालिकोटका चार युवा पक्राउ
१४ पुस, काठमाडाैँ । प्रहरीले एकथान पेस्तोल र गोलीसहित मुगु र कालिकोटका चार जनालाई पक्राउ गरेको छ। भक्तपुरको सल्लाघारी स्थित चोङ्गा गणेश रेष्टुरेण्टबाट प्रहरीले एकथान पेस्तोल र गोलीसहित उनीहरूलाइ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मुगु घर भई हाल सुर्खेत बस्ने वर्ष २२ को भिम प्रसाद दाहाल, कालिकोट घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष २१ को वलदिप शाही, वर्ष १८ को जगेश शाही, वर्ष २५ को मोतिलाल शाही रहेका छन्।

उनीहरुको साथबाट मेड इन ईटाली लेखेको पेस्तोल, एक थान म्याग्जिन र ५ राउण्ड गोली बरामद गरेको छ। यस्तै, नगद १२ हजार २ सय ५ रुपैयाँ तथा मोबाईल सेट २ थान पनि बरामद गरेको छ। पक्राउ परेकाहरूलाइ हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएक छ ।
प्रकाशित मिति : 21:17









