सय रूपैयाँमा एमबीएस पढ्न प्रवेश परीक्षाको फारम खुल्यो (महत्वपूर्ण जानकारीसहित)
१४ पुस, काठमाडाैँ । सय रूपैयाँमा शिक्षाको अभियान सञ्चालन गरिरहेको समता कलेजले एमबिएसमा भर्नाका लागि प्रवेश परीक्षाको फारम खुला गरेको छ । शनिबार साँझ समता कलेजको फेसबुक पेज मार्फत सूचना जारी गर्दै समताले मासिक एक सय रूपैयाँमा एमबीएस पढ्न चाहनेका लागि प्रवेश परीक्षाको फारम खुलेको जानकारी दिइएको छ ।
फारम माघ ९ गतेसम्म भर्न सकिने समता कलेजले जनाएको छ । जरिबना तिरेर माघ १५ गतेसम्म फारम भर्न सकिने छ भने माघ १९ गते प्रवेश परीक्षा हुनेछ ।

एक सय रूपैयाँमा स्टाफ नर्स समेत पढाउन खोजेको समताले सम्बन्धन नपाएको कारण पढाउन पाएको छैन ।

यस्तो छ समताको फेसबुकमा सार्वजनिक सूचना
मासिक रू 100 मा MBS पढ्न चहानुहुन्छ भने सम्पर्क गर्नुहोला !!
प्रवेश परिक्षाको फर्म वितरण भईरहेछ।
सम्पर्क:
Samata College Boudha
014489954 बिहान 6:00-9:00
9851044234 (Only SMS)
Also you can messege in the page
Important dates :
Application Form Submission for CMAT Exam
Deadline: Magh 9, 2075
Application Form Submission Deadline with late fee: Magh 15, 2075
Entrance Examination: Magh 19, 2075
Form is also available @ www.fomeed.edu.np
Exam Time: 8 AM
Classes will start from Falgun 1st week
(सेमेस्टर प्रणालीमा अध्यापन हुने हुदा नियमीत हाजिरी अनिवार्य छ।)
हजुरहरूलाई आवश्यक नहुन सक्छ तर आवश्यकता भएकाहरू माझ पु-याईदिन सक्दो शेयर गर्दिनुहोला।
धन्यवाद !!!
प्रकाशित मिति : 21:04









