२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

कप्तान कुशलको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

चितवनका लागि कप्तान कुशलले ७२ रनको योगदान गरे।

चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय ११३ रनको साझेदारी गरे । मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ प्रहार गरे । बोपारा ४४ रनमा आउट भए ।

त्यस्तै, हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार १४:४१