२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

एनपीएल: पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

टीयू मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । साथै ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे भने ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोडेका थिए ।

दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए भने पोखराले अन्तिम दुई ओभरमा २६ रन जोडेको थियो ।  रेइफरले अन्तिम ओभरमा तीन बाउण्ड्रीसहित एक्लै १७ रन जोडे ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार ११:०१