१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

सहकारी ठगी आरोपमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा

२८ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी आरोपमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।

बिहीबार जिल्ला अदालत मोरङ सरकारी वकिलको कार्यालयमा २६ जनाविरूद्ध मुद्दा दायर भएको हो। अहिलेसम्म तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ। अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन्।

प्रकाशित मिति : December 13, 2024 at 11:50 am