६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

महुली लघुवित्तले पुस ५ देखि एफपीओ जारी गर्ने

२६ मंसिर, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको हो ।

सर्वसाधारणले पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ११:३६