बोक्सी भन्दै १८ वर्षीय किशोरीको शरिरमा तातो पन्यू डामियो, कुटपिट गर्ने काफ्ले दम्पत्ति पक्राउ
१३ पुस, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर –२, गुप्तीपुुरकी एक किशोरी अाफन्तबाटै निर्घात कुटिएकी छिन । १८ वर्षीया किशोरीलाई आफन्तबाट कुटिएकी छन् । बोक्सी भन्दै अाफन्तहरूले उनको शरिरमा तातो पन्यूले डामेको पीडितले बताएकी छिन । मसान चढेको भन्दै अमृता बुढालाई आफ्नै नाता काकाकाकीले तातो पन्यूले डामेका हुन ।
कुटपिटमा संलग्न आरोपमा वीरेन्द्रनगर –७, इत्रामका कृष्णा काफ्ले र उनका श्रीमान कृष्णप्रसाद काफ्लेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका काफ्ले दम्पतीलाइ झारफुक गर्दा कुटपिट भएकाले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार नै मुद्दा चलाइएको क्षेत्रीले बताए । बालिकाको मुखमा, शरीरको धेरै भागमा डामिएको छ । उनलाई पाँच दिन वीरेन्द्रनगरको देउती अस्पतालमा उपचारपछि शुक्बार घर लगिएको छ ।
प्रकाशित मिति : 21:46









