उजुरीकर्ता भन्छनः चोलेन्द्र शम्शेर राणा ‘भ्रष्टाचारमा गोल्डेन अवार्ड पाउन योग्य हुन’ (भिडियोसहित)
१३ पुस, काठमाडौँ । संघीय संसद मातहतको संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ । ९ वटा उजुरी परेकोमा संसदीय समितिको छलफलको क्रममा ४ नम्बरमा परेका पुण्यप्रसाद गौतमले चोलेन्द्रका बारेका गम्भीर प्रश्नहरू उठाएका छन ।
उजुरीकर्तासँगको छलफलमा पत्रकार र सञ्चारमाध्यमलाई निषेध समितिले निषेध गरेपछि उजुरीकर्ताहरूले सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग बाहिर आएर आफूले समितिमा राखेका र उजुरीको व्यहोरा जानकारी गराएका थिए । निडरताका साथ प्रस्तुत भएका सबैजसो उजुरीकर्ताहरू आफ्नो पहिचान खोल्न समेत हिचकिचाएन ।
उनीहरू क्यामरासमु समेत ढुक्कसँग प्रस्तुत भए । दैनिकीको क्यामरामा प्रस्तुत भएका ४ नम्बरका उजुरीकर्ता गौतमले चालेन्द्र शम्शेर जवरालाई प्रधानन्यायाधीश बनाए त्यो इतिहासकै सबन्दैभन्दा ठूलो भूल हुने बताए । उनले चोलेन्द्र शम्बर जवराको अघिल्लो फैसलालाई टेकेर भएको एउटैमात्र अर्को फैसाला दिन समेत चुनौति दिए । सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउने काम गरेर जवराले धेरै अपराध गरेको गौतमले बताए ।
जवराको बारेमा गौतमले समितिको बैठकपछि दैनिकीलाई दिएको प्रतिक्रिया तल सुन्न र हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार २०:१९