हत्या अभियोगमा जन्मकैदको सजाए पाएका नेकपाका नेतालाई सर्वोच्चको सफाइ
१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले हत्या अभियोगमा दोषी ठहर भएका नेकपाका एक नेतालाई सफाइ दिएको छ । काशी तिवारी हत्याकाण्डमा दोषी ठहर भइ जेलमा रहेका सियाराम कुशवाहलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरे पनि सर्वोच्च अदालतले उक्त फैसला उल्ट्याउँदै निर्दोष सावित गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले कुशबहालाई शुक्रबार सफाइ दिएको हो । कुशवाह तत्कालिन नेकपा माओवादीबाट रौतहटको कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनले अब मेयरको रूपमा काम गर्न पाउने भएका छन ।
प्रकाशित मिति : 18:57









